You are viewing the translated version of कसूर र सजाय.
Section 21
कसूर र सजाय
(१) कसैले देहायको कार्य गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछः-
(क) विवरण ढाँटी सामाजिक सुरक्षा भत्ता लिएमा,
(ख) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत सामाजिक सुरक्षा भत्ता लिएमा,
(ग) कुनै व्यक्तिले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता निजको संरक्षक, माथवर वा स्याहार गर्ने व्यक्ति वा अन्य व्यक्तिले दुरुपयोग गरेमा वा निजको हित विपरीत प्रयोग गरेमा,
(घ) सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अधिकारीले सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गरेमा,
(ङ) गलत विवरण पेश गरेमा वा गलत सिफारिस गरेमा ।
(२) कसैले उपदफा (१) को खण्ड (क), (ख) वा (ग) बमोजिमको कसूर गरेमा वा खण्ड (ङ) बमोजिम गलत विवरण पेश गरी वा जानी जानी गलत सिफारिस पेश गरी रकम लिएमा त्यस्तो व्यक्तिले लिएको रकम असुल गरी निजलाई बिगो बराबर जरिबाना हुनेछ ।
(३) कसैले उपदफा (१) को खण्ड (घ) बमोजिमको कसूर गरेमा वा खण्ड (ङ) बमोजिम गलत सिफारिस गरेमा सम्बन्धित अधिकारीलाई प्रचलित कानून बमोजिम सजाय हुनेछ।